विश्व इतिहासको अर्को डरलाग्दो बम विष्फोट, १२९ जना मारिए तीन सय बढी घाइते !



हाम्रो इकोनोमि

 

श्रीलंकामा चर्च र होटलमा आक्रमणमा ठुलो धनजनको क्षति भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था दैनिक भास्करका अनुसार, यी धमाकामा कम्तीमा १२९ जनाले ज्यान गुमाएका छन् भने ३ सय बढी घाइते भएका छन् । राजधानीको शांग्रीला होटल, किंग्सबरी होटल र सिनमन ग्रान्ड होटलमा पनि बम विष्फोट गराइएको छ ।

घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ । कोलम्बोको सेन्ट एन्टोनियो चर्च लगायतमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको जनाइएको छ । विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...