विश्व इतिहासको अर्को डरलाग्दो बम विष्फोट, १२९ जना मारिए तीन सय बढी घाइते !



हाम्रो इकोनोमि

 

श्रीलंकामा चर्च र होटलमा आक्रमणमा ठुलो धनजनको क्षति भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था दैनिक भास्करका अनुसार, यी धमाकामा कम्तीमा १२९ जनाले ज्यान गुमाएका छन् भने ३ सय बढी घाइते भएका छन् । राजधानीको शांग्रीला होटल, किंग्सबरी होटल र सिनमन ग्रान्ड होटलमा पनि बम विष्फोट गराइएको छ ।

घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ । कोलम्बोको सेन्ट एन्टोनियो चर्च लगायतमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको जनाइएको छ । विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...