चर्चित फिल्म ‘कामसूत्र थ्रीडी’ की अभिनेत्रीको निधन, किन कसैले दिएनन् समवेदना ?



हाम्रो इकोनोमि

 

 

सिनेमा जगतकै सबैभन्दा चर्चित फिल्म ‘कामसूत्र थ्रीडी’ की अभिनेत्री सायरा खानको भएको छ । सायराको निधन शुक्रबार हृदयघातका कारण भएको हो ।

 

कामसूत्र थ्रीडीमा सायराले अभिनेत्री शर्लिन चोपडाको स्थान ओगटेकी थिइन् । फिल्मको रिलिजका बेला शर्लिनको विषयमा निकै विवाद पनि भएको थियो जसका कारण सायरा जुन पहिचानको हकदार थिइन् त्यो पाउन सकिनन् ।

कामसूत्र थ्रीडी का निर्माता रुपेश पलले आफू सायराको निधनमा निकै आघात भएको बताए ।

सायराको निधनमा उनले वेबसाइटसँग कुरा गर्दै आफूले यस्तो होला भनेर कहिले पनि नसोचेको बताए ।

रुपेशका अनुसार शर्लिनको स्थान लिएपछि सायराले निकै मुश्किलको सामना गरिन् ।

उनले भने, ‘सायराका लागि उक्त भूमिका निकै चुनौतीपूर्ण थियो । उनी मुस्लिम परिवारकी थिइन् त्यो पनि एकदम रुढीवादी परिवार ।

त्यसकारण उनलाई यो फिल्ममा लिन सबैभन्दा धेरै समस्या हामीले भोग्नुपर्यो ।

तर जब सायराले भूमिका निभाइन् तब उनले प्रमाणित गरिन् कि यो भूमिका उनले भन्दा राम्रो कसैले निभाउन सक्दैनथ्यो । ’

रुपेश भन्छन्, ‘मलाई यो कुराको सबैभन्दा धेरै दुःख यो छ कि सायराको मृत्यु हुँदा उनलाई कसैले पनि समवेदना व्यक्त गरेनन् ।

उनी उत्कृष्ट नायिका थिइन् । म उनको आत्माको शान्तीको लागि प्रार्थना गर्छु ।

 

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...