चर्चित फिल्म ‘कामसूत्र थ्रीडी’ की अभिनेत्रीको निधन, किन कसैले दिएनन् समवेदना ?



हाम्रो इकोनोमि

 

 

सिनेमा जगतकै सबैभन्दा चर्चित फिल्म ‘कामसूत्र थ्रीडी’ की अभिनेत्री सायरा खानको भएको छ । सायराको निधन शुक्रबार हृदयघातका कारण भएको हो ।

 

कामसूत्र थ्रीडीमा सायराले अभिनेत्री शर्लिन चोपडाको स्थान ओगटेकी थिइन् । फिल्मको रिलिजका बेला शर्लिनको विषयमा निकै विवाद पनि भएको थियो जसका कारण सायरा जुन पहिचानको हकदार थिइन् त्यो पाउन सकिनन् ।

कामसूत्र थ्रीडी का निर्माता रुपेश पलले आफू सायराको निधनमा निकै आघात भएको बताए ।

सायराको निधनमा उनले वेबसाइटसँग कुरा गर्दै आफूले यस्तो होला भनेर कहिले पनि नसोचेको बताए ।

रुपेशका अनुसार शर्लिनको स्थान लिएपछि सायराले निकै मुश्किलको सामना गरिन् ।

उनले भने, ‘सायराका लागि उक्त भूमिका निकै चुनौतीपूर्ण थियो । उनी मुस्लिम परिवारकी थिइन् त्यो पनि एकदम रुढीवादी परिवार ।

त्यसकारण उनलाई यो फिल्ममा लिन सबैभन्दा धेरै समस्या हामीले भोग्नुपर्यो ।

तर जब सायराले भूमिका निभाइन् तब उनले प्रमाणित गरिन् कि यो भूमिका उनले भन्दा राम्रो कसैले निभाउन सक्दैनथ्यो । ’

रुपेश भन्छन्, ‘मलाई यो कुराको सबैभन्दा धेरै दुःख यो छ कि सायराको मृत्यु हुँदा उनलाई कसैले पनि समवेदना व्यक्त गरेनन् ।

उनी उत्कृष्ट नायिका थिइन् । म उनको आत्माको शान्तीको लागि प्रार्थना गर्छु ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...