चर्चित बलिउड नायिका : कसको ट्याटु कस्तो ?



हाम्रो इकोनोमि

 

बलिउडमा ट्याटु बनाउने प्रचलन निकै प्रचलित छ। दीपिका पादुकोण हुन् चाहे प्रियंका चोपडा चाहे आलिया भट्ट।/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Tyatu.jpg

 

बलिउडका थुप्रै चर्चित नायिकाहरूले आफ्नो शरीरका विभिन्न अंगमा ट्यायु बनाएका छन्।

कति नायिकाले फिल्मका लागि ट्याटु बनाएका हुन् भने कतिले आफ्नो ब्वाइफ्रेन्‍डको  नाममा ट्याटु खोपेका छन्।

कंगना रनौत

बलिउडकी किङ् कंगना रनौत अलग अन्दाजाको लागि माहिर मानिन्छन्। जुन कुरा उनको ट्याटुमा पनि देख्न सकिन्छ। कंगनाले दुई ट्याटु बनाएकी छन्। उनको पहिलो ट्याटु गर्दनमा छ।

जुन ‘sword with wings’ ट्याटु बनाएकी छन्। यस्तै अर्को ट्याटु ‘warrior angel’ मा खोपिएको छ।

दीपिका पादुकोण

दीपिका पादुकोणले आफ्नो गर्दनमा ब्वाइफ्रेन्ड रणबीर कपुरको नाममा ट्याटु खोपेकी छन्। उनले ‘RK’ लेखिएको ट्याटु खोपेकी हुन्। तर, २०१० मा रणबीरसँग ब्रेकअप भएपछि उनले यो ट्याटुको डिजाइन दोस्रोपटक गराएकी थिइन्। यसका अलावा उनले अर्को ट्याटु पाउँमासमेत कोरेकी छन्।

सुष्मिता सेन

सुष्मिता सेनले हातमा Aut viam inveniam aut faciam लेखेकी छन्। यसका अलावा उनले अन्य तीन ट्याटु समेत बनाएकी छन्।

इशा देओल

इशा देओलले आफ्नो पिठ्युमा ट्याटु खोपेकी छन्। जसमा उनले गायत्री मन्त्र कोरेकी छन्।

राखी सावंत

राखी सावंत विवादको अर्को नाम हो। प्राय उनी कुनै न कुनै विवादमा मुछिएकै हुन्छिन्। उनले आफ्नो शरीरका विभिन्न ठाउँमा ट्याटु खोपेकी छन्।

आलिया भट्ट

आलिया भट्ट बलिउडकी चर्चित नायिका मात्र होइनन्। उत्कृष्ठ अभिनयका कारण उनी थुप्रैको दिलमा बस्नसमेत सफल भएकी छन्। जसरी आलियाले थुप्रैको दिलमा राज गरेकी छन् त्यसरी नै उनले खोपेको ट्याटु पनि सानदार छ। उनले गर्दनमा ‘पटाका’ लेखेको ट्याटु कोरेकी छन्।

प्रियंका चोपडा

प्रियंका चोपडा आफ्ना पितालाई औधी माया गर्छन्। त्यसैले उनले ‘डैडिज लिल गर्ल’ लेखिएको ट्याटु हातमा खोपेकी छन्।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा

    चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन्...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...