निकसँग सम्बन्धबिच्छेदको खबरबीच प्रियङ्काले सेयर गरिन् यस्तो तस्विर



हाम्रो इकोनोमि

 

प्रियङ्का चोपड़ा र निक जोन्सको सम्बन्धबिच्छेदको खबरबीच प्रियङ्का चोपड़ाले आफ्नो एक फोटो जोन्स परिवारसँग साझा गरेकी छन्।

उक्त फोटोलाई प्रियङ्काले आफ्नो सोशल मिडिया अकान्टमा सेयर गरेकी छन्। फोटो सेयर गर्दै प्रियङ्काले क्याप्सनमा लेखेकी छन्, ‘पहिलोपटक म जोन्सब्रदर्सको कन्सर्टमा आएको छु।’

साथै ह्यासट्याग फेमिली र लभसँग यो फोटो सेयर गरेकी छन्।

प्रियङ्का चोपड़ा र निक जोन्सले पछिल्लो वर्ष दिसम्बरमा जोधपुरमा विवाह गरेका थिए।

यी दुईको विवाह भएको केवल चार महिना बितेको छ, तर यति छोटो समयमै सम्बन्ध बिच्छेदको खबर प्रकाशमा आउन लागेको छ।

एक इन्टरनेशनल पब्लिकेशनको रिपोर्टका अनुसार प्रियङ्का र निकले सम्बन्धबिच्छेद गर्दैछ।

रिपोर्टका अनुसार यी दुई स–साना कुरामा घरी घरी बाझाबाझ गर्न थालेका छन्।

 

सम्बन्ध गाँसिएपछि हतार हतार विवाह गरेका यी दुईले अहिले हतारोको परिणाम पनि झेल्न थालेका छन्।

जानकारीका अनुसार सम्बन्धबिच्छेदको कारण प्रियङ्काको रिसाहा स्वाभाव हो।

यद्यपि प्रियङ्काका प्रतिनिधिले प्रियङ्का(निकको सम्बन्धबिच्छेदको खबरको खण्डन गरेका छन्। ती प्रतिनिधिले यस्तो खबरलाई अफवाहको संज्ञा दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...