फेरि अर्को बज्रपात पाइलटहरुले लाखौं कोसिस गरे तर सफल भएनन: उडेको केही मिनेटमै विमान दुर्घटना १ सय ८९ जनाको मृत्यु



 

फेरि अर्को बज्रपात पाइलटहरुले लाखौं कोसिस गरे तर सफल भएनन: उडेको केही मिनेटमै विमान दुर्घटना १ सय ८९ जनाको मृत्यु काठमाडौँ ।

गत महिना दुर्घटनाग्रस्त भएको इथियोपियन विमान भुइँमा बजारिनुअघि त्यसको चुच्चो धेरै चोटि तलतिर सोझिएको एउटा प्रारम्भिक प्रतिवेदनले बताएको छ ।

सो दुर्घटनाबारे प्रकाशित पहिलो प्रतिवेदनमा विमानलाई जोगाउन चालकहरूले बारम्बार बोइङले सिफारिस गरेका विधिहरू अवलम्बन गरेको उल्लेख छ ।तर, प्रयास गरे पनि उनीहरूले विमानलाई नियन्त्रणमा राख्न नसकेको इथियोपियाका यातायात मामिलामन्त्री डाग्मवित मोगेसले बताइन् ।

आदिस अबाबाबाट उडेको विमान इटी ३०२ केही मिनेटमै दुर्घटनामा पर्दा १ सय ५७ जनाको मृत्यु भएको थियो ।

तीमध्ये एक नेपालकी एकता अधिकारी पनि थिइन् । बोइङले निर्माण गरेको ७३७ म्याक्स मोडलका दुई वटा विमान पाँच महिनामा दुर्घटनामा परे ।

गत अक्टोबर महिनामा इन्डोनेसियामा पनि भएको दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो ।

आदिस अबाबामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यातायात मामिलामन्त्रीले भने, ‘चालकदलले विमान निर्माताले उपलब्ध गराएका सबै विधि अवलम्बन गरे तर उनीहरूले विमानलाई

नियन्त्रणमा राख्न सकेनन् ।’ इथियोपियामा भएको दुर्घटनापछि संसारभरि ७३७ म्याक्स मोडलका सबै विमानका उडानहरू स्थगित गरिएको छ । त्यसबाट कम्तीमा तीन सयवटा विमान प्रभावित भएका छन् ।

प्रतिवेदन के भन्छ ? प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको कारण यही हो भनेर ठोकुवा गरेको छैन । त्यसमा उडानको विस्तृत विश्लेषण पनि गरिएको छैन ।

तर, प्रतिवेदनले बोइङले विमानको नियन्त्रण प्रणालीको समीक्षा गर्नुपर्ने र उड्डयन अधिकारीहरूले त्यस्तो समस्याको समाधान ती मोडलका विमानहरू पुनः उडाइनुभन्दा अगाडि नै गर्नुपर्ने बताएको छ ।

इथियोपियन एअरलाइन्सले एउटा विज्ञप्ति प्रकाशित गर्दै आफू आफ्ना विमानचालक र उनीहरूको उच्च तहको व्यावसायिकताप्रति गौरवान्वित भएको जनाएको छ ।“उनीहरूले विमानलाई तल खस्नबाट जोगाउन नसक्नु दुर्भाग्य थियो ।’ यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

अनुसन्धानकर्ताहरूले विमानको मन्युभ्रिङ क्यारिक्टरिस्टिक्स ओग्मेन्टेसन सिस्टम (एमसिएएस) सफ्टवेअरमा विशेष ध्यान दिएका थिए । बोइङले ७३७ म्याक्स मोडलको
विमानलाई उड्दाउड्दै रोकिन नदिन (एन्टिस्टलिङ) सो सफ्टवेअर विकसित गरेको थियो । विमानको चुच्चोमा जडित सेन्सरहरूबाट संकेत प्राप्त भएपछि त्यो सफ्टवेअरले प्रतिक्रिया दिन्छ । विमान ठाडो कोण बनाउँदै अकासियो भने विमान रोकिन सक्छ ।बोइङले विमानचालकहरूका लागि

एमसीएएस व्यवस्थापन गर्न एउटा पुस्तिका प्रकाशित गरिएको छ । उसले आफ्ना विमानमा प्रयोग हुने सुरक्षाप्रणालीलाई अद्यावधिक गर्न नयाँ सफ्टवोएर बनाएको छ । विमानमा जडित सेन्सरहरूबाट विरोधाभासपूर्ण संकेत प्राप्त भए सो सफ्टवोएरले एमसिएएसलाई निष्क्रिय पारिदिन्छ ।

यो सुधारअन्तर्गत बोइङले ७३७ म्याक्स मोडलका सबै विमानमा थप अर्को चेतावनी दिने प्रणाली हालिदिनेछ ।

सेन्सरहरूबाट अमिल्दो संकेत आए विमानचालकलाई सतर्क बनाउने यो प्रणाली ती विमानहरूमा अनिवार्य रूपमा जडित हुँदैनथे ।

दुर्घटनामा परेका दुवै विमानमा पनि यो अतिरिक्त चेतावनी प्रणाली थिएन । यो सुधारबाट चालकले विमानलाई पुनः नियन्त्रणमा लिन खोजे एमसिएएसलाई आफैँ सच्याउन दिने छैन ।

बोइङले चालकहरूलाई सो मोडलको विमानका विभिन्न प्रणाली र कार्यविधिबारे राम्रो ज्ञान होओस् भनेर तालिममा संशोधन गर्दै छ ।

गत हप्ता बोइङले प्राविधिक सुधार गर्नुको अर्थ पहिला भएको प्रणालीका कारण दुर्घटनाहरू भएको स्वीकारोक्ति गरिएको होइन भनेको थियो ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु