यस्ता संगीन आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलन गर्ने देउवाको घोषणा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेवि संघ काठमाडौंले शुक्रबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताए ।

‘निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचार विरुद्ध नेवि संघ जाग्नुपर्ने बेला आएको छ,’ देउवाले भने ।

सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेवि संघको तदर्थ समिति गठन गर्ने बताए ।

मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेवि संघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ थियो ।

कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्ने तर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए ।

‘नेवि संघको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,’ कोइरालाले भने।

कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिकायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए ।

‘आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेवि संघको संगठन विस्तारमा लाग्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...