पुरै देश अचानक रणभूमीमा परिणत : धर्मनिरपेक्षता बिरुद्ध उत्रिएकामाथी देशभरी नै प्रहरीको आक्रमण



हाम्रो इकोनोमि

 

 

आज देशका विभिन्न ठाँउ अचानक रणभूमीमा परिणत भएका छन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभरी नै धर्मनिरपेक्षता बिरुद्ध प्रर्दशन गरेपछि अधिकांश ठाँउमा नेपाल प्रहरीले हस्तक्षप गरेको छ ।

प्रहरी हस्तक्षपमा विभिन्न ठाँउमा झडप भएको खबर आएको छ ।

मकवानपुरको सिमा चोकमा भएको प्रर्दशनमा प्रहरीले लाठी प्रहार गरेको छ ।

प्रहरीको आक्रमणबाट जिल्लाका नेता कृष्ण बिडारी र कृष्ण खुलाल घाईते भएको मकवानपुर जिल्ला अध्यक्ष मधु अधिकारीले जानकारी दिए ।

यसैगरी धर्म निरपेक्षताका व्यानर प्लेकार्ड जलाउने आन्दोलनका क्रममा नै रूपन्देहीमापनि प्रहरीले हस्तक्षप गरेको छ । त्यहाँ निरपेक्षताको ब्यानर र प्ले–कार्ड जलेको छ ।

उक्त हस्तक्षपमा राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा सामान्य घाईते भएको जनाइएको छ । देशभरी नै भएको प्रदर्शनमा अधिकांश ठाँउमा प्रहरीले हस्तक्षप गरेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...