पतिसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर आफ्नै अपहरण



हाम्रो इकोनोमि

 

 

आफ्नै श्रीमानसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर नक्कली अपहरणको योजना बनाएको आरोपमा दुईजना पक्राउ परेका छन्।

दक्षिणी दोलखाको मेलुङ गाउँपालिका २ की २१ वर्षिया अप्सरा कार्की र भीमेश्वर नगरपालिका ९, पिँडालुबारीका २४ वर्षिय दीपक खत्री नक्कली अपहरण गरी आपराधिक लाभ लिन खोजेको आरोपमा पक्राउ परेका हुन्।

दोलखा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बोहराका अनुसार श्रीमानसँग पैसा असुल्ने योजना बनाएकी श्रीमती र उनका प्रेमी बुधबार पक्राउ परेका हुन्।

यस्तो छ घटना

पक्राउ परेकी कार्की बैशाख १ गते आइतबार मेलुङ गाउँपालिका २ स्थित घरबाट शैलुङ गाउँपालिका ८ मा रहेको माइतीघर जान्छु भनी गएकोमा केही घण्टामै सम्पर्कबिहीन भएकी थिइन्।

बैशाख २ गते सोमबार काठमाडौंमा काम गर्ने श्रीमान् सूर्यबहादुर खड्काको मोबाइलमा अपरिचित नम्बर र श्रीमतीको मोबाइल नम्बरबाट छुट्टा छुट्टै तर एउटै ब्यहोराको म्यासेज आउँछ। श्रीमती अपहरणमा परेको धम्कीसहित उक्त म्यासेजमा एकलाख फिरौती माग गरिएको प्रहरीले जनाएको छ।

म्यासेजमा लेखिएको थियो- ‘तिम्रो श्रीमती मेरो कब्जामा छ, श्रीमती चाहिने भए एकलाख रुपैयाँ लिएर आऊ, नभए तिम्रो श्रीमतीको लाश मात्र पाउने छौ। मागे जति रकम तुरुन्तै लिई श्रीमतीलाई लिन आउनू।’

श्रीमती अपहरणमा परेको धम्की र फिरौती माग गरिएको म्यासेज आएपछि अत्तालिएका खड्काले तत्काल दोलखा प्रहरीलाई खबर गरेपछि सक्रिय भएको प्रहरीले २ दिनमै नक्कली अपहरणको नाटक गर्ने उनकै श्रीमाती र श्रीमतीका पूर्वपत्नीलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले खोजतलासको क्रममा बुधबार भीमेश्वर नगरपालिका ९ स्थित पिंडालुबारीस्थित घरबाटै आरोपित जोडीलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका दुबै जनाले मिलेमतोमै नक्कली अपहरणको योजना बनाएको बयान दिएको प्रहरीको भनाई छ।

सोधपुछका क्रममा दुबैबीच प्रेमसम्बन्ध रहेको र भागेर कतै गई व्यवसाय गर्ने उद्देश्यले फिरौतीको रकम माग गरेको स्वीकार गरेका छन्। पक्राउ परेका दुबै जनालाई ‘अपराधिक लाभ लिन नहुने’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी निरीक्षक बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...