सउदीमा दुई भारतियलाई शिर छेदन गरि मृत्युदण्ड



हाम्रो इकोनोमि

 

सउदी अरेबियामा दुई भारतियलाई लुटपात तथा हत्याको अभियोगमा शिर छेदन गरीएको छ ।

ती दुबै भारतिय पन्जाव प्रान्तका थिए । उनीहरु वर्क परिमिटमा त्यहाँ काम गरिरहेका थिए ।

पन्जावको होशियारपुरका सतविन्दर र लुधियानाका हरजित सिंहलाई फेब्रअरीमा मृत्युदण्ड सुनाइएको थियो ।

सतविन्दरकी पत्नीले सरकारमा आफनो कुरा सुन्ने कोही नभएको गुणासो गरेकी छिन् ।

अन्तिम पटक फेब्रुअरी २१ मा पतिसँग अन्तिम कुराकानी भएको तर सजायँका विषयमा केही थाहा नभएको उनले बताइन् ।

सतविन्दर सिंह र हरजित सिंहलाई फेब्रुअरी मै फाँसीको सजायँ सुनाइएको थियो तर परिवारजनलाई सोमबार मात्रै त्यसको जानकारी दिइएको थियो ।

सोमबार मन्त्रालयको तर्फबाट एक मेल मार्फत मृत्युका पुष्टि गर्दै दुबैजना सउदी अरेबियामा ड्राइवर रहेको र उनीहरुलाई मृत्युदण्ड सुनाइएको जानकारी दिएका उनीहरुले बताएका छन् ।

ती दुबै सन् २०१३ मा वर्क परमिटमा साउदी अरेबिया गएका थिए । दुबै माथि एक

अर्को भारतियको हत्याको आरोपमा डिसेम्बर २०१५ मा गिरफतार गरिएको थियो । मन्त्रालयको पत्रमा उनीहरु तीनै जना लुटपातको घटनामा संलग्न रहेको उल्लेख गरेको छ ।

पैसाको बाँडफाडलाई लिएर उनीहरुबीच झगडा भएको हुँदा हरजित र सतविन्दरले आरिफको हत्या गरेका थिए ।

उनीहरुले उनको शव मरुभुमीमा फ्याकेका थिए ।

सोधपुछका क्रममा दुबैले आफनो अपराध स्विकार गरेका थिए । सउदी अरेबियाको कानुन अनुसार मृत्युदण्ड पाएका ब्यक्तीको शव न त परिवारलाई न त उनको देशलाई नै फिर्ता गर्न सक्छ । मृत्युदण्ड पाएको दुई महिनापछि मात्र मृत्यु प्रमाण जारी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...