बाँसबाट बनेको कपडा ल्याउँदै रामदेवको पतञ्जली, पाँच सय बढी शोरुम खोल्ने



हाम्रो इकोनोमि

 

बाबा रामदेव आयुर्वेदिक उत्पादनको जगतमा एउटा नयाँ उत्पादन ल्याउने तयारीमा रहेका छन् ।

एक वर्ष पहिले स्वदेशी सिम लञ्च गरेर टेलीकमको दुनियाँमा कदम राखेका रामदेवले पतञ्जली बजारमा बाँसबाट बनेको कपडा ल्याउने भएका छन् ।

यसका लागि पतञ्जलीले भारतभरमा ५ सय भन्दा धेरै पतञ्जली पोशाक शोरुम खोल्ने भएको छ ।

योग गुरु बाबा रामदेवले ती केन्द्रहरुमा बाँसबाट बनेको कपडा पनि बेचिने बताएका हुन् ।

पतञ्जलीको पहिलो पोशाक शोरुम मंगलबार राजस्थानमा बाबा रामदेवले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बाबा रामदेवले शोरुममा पुरुषका लागि संस्कार, महिलाहरुका लागि आस्था र स्पोर्ट्स पहिरनका सथै बाँसबाट बनेका विभिन्न प्रकारका कपडाहरुका पाइने बताए ।

रामदेवले स्देशीका साथै पतञ्जलीका पोशाकहरुमा गुणस्तरका मामलामा कुनै पनि सम्झौता नगरिने बताए ।

यसका लागि उनले १०० भन्दा अधिक विशेषज्ञहरुलाई गुणस्तर नियन्त्रणका लागि राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...