बाँसबाट बनेको कपडा ल्याउँदै रामदेवको पतञ्जली, पाँच सय बढी शोरुम खोल्ने



हाम्रो इकोनोमि

 

बाबा रामदेव आयुर्वेदिक उत्पादनको जगतमा एउटा नयाँ उत्पादन ल्याउने तयारीमा रहेका छन् ।

एक वर्ष पहिले स्वदेशी सिम लञ्च गरेर टेलीकमको दुनियाँमा कदम राखेका रामदेवले पतञ्जली बजारमा बाँसबाट बनेको कपडा ल्याउने भएका छन् ।

यसका लागि पतञ्जलीले भारतभरमा ५ सय भन्दा धेरै पतञ्जली पोशाक शोरुम खोल्ने भएको छ ।

योग गुरु बाबा रामदेवले ती केन्द्रहरुमा बाँसबाट बनेको कपडा पनि बेचिने बताएका हुन् ।

पतञ्जलीको पहिलो पोशाक शोरुम मंगलबार राजस्थानमा बाबा रामदेवले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बाबा रामदेवले शोरुममा पुरुषका लागि संस्कार, महिलाहरुका लागि आस्था र स्पोर्ट्स पहिरनका सथै बाँसबाट बनेका विभिन्न प्रकारका कपडाहरुका पाइने बताए ।

रामदेवले स्देशीका साथै पतञ्जलीका पोशाकहरुमा गुणस्तरका मामलामा कुनै पनि सम्झौता नगरिने बताए ।

यसका लागि उनले १०० भन्दा अधिक विशेषज्ञहरुलाई गुणस्तर नियन्त्रणका लागि राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...