प्रक्राउ परेको रकम फरक परेपछि स्थानीय र प्रहरीबीच विवाद



हाम्रो इकोनोमि

 

प्रहरीले बरामद गरेको रकम कम देखिएपछि तनाब भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले भारतबाट चोरी गरी ल्याएको रकमसहित केआईसिंह गाउँपालिका– २ का केशव भुललाई पक्राउ गरेको हो ।

पक्राउ परेका भुलबाट ४ लाख ३१ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।

डोटी प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका भुलले भारतको लुधियाना शहरबाट चोरी गरी रकम ल्याएको छ भन्ने सूचनामा आधारमा हामीले पक्राउ गरेका हौँ, बाँकी अनुसन्धान भैरहेको छ ।’

तर राष्ट्रिय जनमोर्चाका नेता तथा स्थानीय मीनबहादुर मलासीले पक्राउ परेका भुलबाट प्रहरीले ४ लाख ६० हजार बरामद गरेको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रहरीको टोली आएर भुलको घरमा खान तलासी गरेर ४ लाख ६० हजार रुपेयाँ लगेको हो, अहिले ४ लाख ३१ हजार रुपैयाँ मात्रै बरामद भयो भनेको छ, बाँकी २९ हजार कसले लुकायो ?।’

प्रहरीले बरामद गरेको भनिएको र स्थानीय प्रत्यक्षदर्शीले दाबी गरेको रकममा फरक परेपछि अहिले यो विषयमा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...