९९ वर्षीया महिलाको मृत्युपछि खुल्यो अनौठो रहस्य, शरीरका सबै अंग उल्टो



हाम्रो इकोनोमि

 

अमेरिकामा ५ सन्तानकी एक महिलाको हालै ९९ वर्षको उमेरमा मृत्यु भयो । ती महिलाले आफ्नो शरीर दान गरेकी थिइन् र उनको मृत्युपछि उनको शव पोर्टल्याण्डको ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीलाई दान गरियो ।

जब विश्वविद्यालयका चिकित्सा शास्त्रका विद्यार्थीहरुले प्रयोगशालामा उक्त शवलाई चिरेर त्यसका भित्री अंगहरु अध्ययन गर्न थाले, तब सबै तीनछक परे ।

रोज मेरी नामकी ती मृतक महिलाको शवको चिरेर हेर्दा पत्ता लाग्यो कि उनको शरीरका भित्री अंगहरु असामान्य ठाउँमा छरिएका थिए ।

मानिसका भित्री अंग जुन ठाउँमा हुन्छन् उनका अंगहरु ती ठाउँमा थिएनन् ।
त्यस्तो खालको शारीरिक बनाटका साथ ती महिला ९९ वर्षसम्म कसरी बाँचिन् भनेर सबैजना तीनछक परेका छन् ।

उनका अधिकांश भित्री अंगहरु गलत ठाउँमा थिए । केही आकार असामान्य रुपमा ठूलो थियो । उनी लेभोकार्डिया तथा साइटस इनभर्सस नामको असामान्य अवस्थामा रहेको पाइयो ।

जसमा अधिकांश महत्वपूर्ण अंगहरु उल्टा हुन्छन् । उनको शरीरका अंगहरु देख्दा लाग्दछ कि शरीर भित्र ऐना राखिएको छ र अंगहरु उल्टा देखिएका छन् ।

विज्ञहरुका अनुसार हरेक ५ करोड मानिसमा एकजनामा यस्तो दुर्लभ समस्या हुन सक्दछ ।

शरीरभित्रका सबै अंग उल्टा हुँदा पनि रोजलाई जीवित छँदा कुनै समस्या नभएको उनका परिवारका सदस्यहरुको भनाइ छ ।

अर्को अनौठो कुरा त के भने रोजको मुटुको एउटा ठूलो नसासमेत सामान्य अवस्थामा थिएन । त्यो नसा दायाँ भागमा हुनुपर्नेमा बायाँ भागमा थियो । मुटुको दायाँ एट्रियम सामान्यभन्दा दोब्बर ठूलो थियो ।

दायाँ फोक्सोमा तीनवटा भाग हुनुपर्नेमा केवल दुईवटा भाग मात्र थिए । उनको अमासय पनि बायाँतर्फ हुनुपर्नेमा दायाँतर्फ थियो ।

पाचनतन्त्र पनि उल्टो थियो । चिकित्सा विज्ञानमा यो चमत्कारभन्दा कम होइन ।

शरीरको प्रणाली यतिधेरै जटिल हुनुका बाबजुद पनि रोज मेरीलाई कुनै समस्या भएन । उनलाई केवल बाथको समस्या मात्र थियो ।

 

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...