भुस्याहा कुकुरलाई खाना खुवाउँदा पौने ६ लाख जरिवाना



हाम्रो इकोनोमि

 

जनावरहरुलाई खाना खुवाउने कतिपय मानिसहरुको शौख नै हुन्छ ।

जनावर प्रेमीहरु असहाय तथा छाडा चौपायाहरुलाई खाना खुवाउने र स्याहार सुसार गरेर पुण्य कमाइने ठान्छन् ।

तर भुस्याहा कुकुरलाई खाना खुवाउँदा एकजना महिलालाई झण्डै पौने ६ लाख रुपैयाँ बराबरको जरिवाना भएको छ ।

यो घटना भारतको मुम्बइस्थित कान्दीवालीको हो । स्थानीय निसर्ग हेभेन सोसाइटी परिसरमा भुस्याहा कुकुरलाई खानेकुरा खुवाएको आरोपमा सोसाइटीले नेहा देतवानी नामकी महिलामाथि ३ लाख ६० हजार भारु जरिवाना लगाएको हो ।

उक्त सोसाइटीका अध्यक्षका अनुसार समाजको बैठकमा ९८ प्रतिशतले उक्त सजाय पारित गरेका हुन् । परिसरभित्र कुकुरलाई खानेकुरा खुवाउँदा कुकुरहरु वृद्धवृद्धा, बालबालिका तथा अन्य मानिसहरुप्रति बढी आक्रामक भएर भुक्ने तथा त्यस ठाउँमा बढी फोहोर हुने ठहर समाजले गरेको छ ।

सजाय पाएकी महिला नेहाका अनुसार उनलाई कुकुरलाई खाना खुवाएको आरोपमा दिनहुँ २५ सय भारु जरिवाना गरिएको रहेछ ।

मार्च महिलासम्मको जरिवाना रकम ३ लाख ६० हजारको बिल भुक्तानीका लागि भन्दै आएपछि उनी झसँग भइन् ।

आफुले खाना खुवाएका कुकुरहरु भुस्याहा कुकुर नभै त्यहीँ परिसरमा जन्मिएका कुकुरहरु भएको र आफुले मानवीयताको हिसाबले त्यस्तो काम गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...