मोरङमा भयो विश्व चकित हुने यस्तो अनौठो घटना !
आज विप्लव समुहले गरेको बन्दले देशैभरीको जनजीवन प्रभावित भएको छ ।
प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ ।

आज बिहान सुन्दरहरैचा नगरपालिका– ७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको छ ।
आज बिहान सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व–पश्चिम राजमार्ग समेत केही समय अवरुद्द पनि हुन पुग्यो ।
बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिए पछि सबै चकित भएका हुन् ।
कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो ।


