युवकले आफूलाई रुखमा बाँधे, निस्कन नसकेपछि दुई वर्षपछि भेटियो कंकाल



हाम्रो इकोनोमि

 

मस्को प्रहरीले रुखमा बाँधिएको नरकंकाल फेला परेको छ ।

प्रहरीले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको अवस्थामा एक युवकको कंकाल फेला परेको हो ।

अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै दुई वर्ष अघि देखिएको थियो ।

रुसी पुलिसका अनुसार इवान हाइकिङ र ‘सर्वाइभल स्किल्स’मा अनुभवी थिए । उनी मानिसहरुलाई चकित पार्ने किसिमको क्रियाकलाप गर्न चाहन्थे ।

यसै कोसिसमा उनले शतूराको सुनसान जंगलमा आफूलाई चेनमा ताल्चा लगाएर रुखमा बाँधेको हुनसक्ने र त्यो खोल्न असफल भएको हुनसक्ने अनुमान पुलिसले गरेका छन् । उक्त जंगलमा हत्तपत्त कोही पनि नजाने पुलिसले जानकारी दिएको छ ।

पुलिसले घटनास्थलको अगाडि एउटा टेन्ट र रुख क्यामरा पनि भेटेका छन् । पुलिसले भने, ‘घटनास्थल हेर्दा यस्तो लाग्यो कि इवान साहसी काम गरेर रेकर्ड गराउन चाहन्थे ।’

घटनास्थलबाट पाँच हत्कडी, केही फलामको चेन, ताल्चा र किताब पनि भेटेको बताइएको छ ।

रुसको इन्भेस्टिगेटिव कमेटीका अनुसार इवान कठिन परिस्थितीमा आफ्नो ‘सर्भाइभल स्किल्स’ को परीक्षण गर्ने समूहका सदस्य थिए भन्ने कुराको दुईमत छैन ।

यद्यपी, युवकको मृत्युको कारण फोरेन्सिक अनुसन्धानपछि नै सार्वजनिक हुने अनुमान गरिएको छ । पुलिसले इवानको क्यामरा र कम्प्युटरको अनुसन्धान गरिरहेको छ ।

पहिलो पटक कंकाल देख्ने स्थानीय एडुअर्ड कारपोवले यसको स्थितीबारे जानकारी दिए । उनले भने, ‘मैले रुखमा बाँधिएको हूडी (टोपी भएको टिसर्ट) लगाएको खप्पर देखेँ । उनको कंकाल रुखको पातले ढाकिएको थियो ।’

अधिकारीका अनुसार इवानको नाम हराएका मानिसको सूचीमा पनि थियो तर यसअघि शतूरा जंगलमा उनलाई खोजीकार्य असफल भएको थियो

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...