गाउँपालिकाको भवनमै हानियो बम, देशका विभिन्न भागमा शंकास्पद बस्तु भेटिए



हाम्रो इकोनोमि

 

आज विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव देशका विभिन्न ठाँउमा देखिएको छ ।

ठाउँठाउँमा बिस्फोटका घटना भएका छन भने धेरै स्थानमा शंकास्पद बस्तु भेटिएको हुनाले सर्वसाधारण जनतामा ठुलो डर देखिएको छ ।

बिहीबार बिहानैदेखि देशका विभिन्न भागमा बम तथा शंकास्पद वस्तु फेला परिरहेका छन् ।

बम भेटिएको स्थानमा जनजीवन त्रसित बनेको छ ।

पाल्पामा गाउँपालिकाको भवनमै क्षति पुग्नेगरी बिस्फोट भएको छ ।

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएपछि विस्फोटबाट भवनमा पुर्ण क्षति पुगेको छ ।

काभ्रेको पनौती–७, खोपासी जाने बाटोमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

यस्तै, रुपन्देहीको कोटिहवा–बाउन्नकोटी लगायतका देशका विभिन्न क्षेत्रमा बम भेटिएका छन् ।

मकवापुरमा पनि बिहानै डरलाग्दो विष्फोट भएको छ ।

कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा शंकास्पद बस्तु भेटिएको हो ।

बम भेटिएको सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...