अन्तरिक्षमा एक वर्ष बस्दा केलीको ‘डिएनए’ नै बदलियो



हाम्रो इकोनोमि

 

 

अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ ।

उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए ।

नासाका अनुसन्धानकर्ताका अनुसार बिहीबार अन्तरिक्षको कक्षमा बसिरहेको समयमा केलीको शरीरमा कयौँ परिवर्तन भइरहेको थियो । उनका केहि कोशिकाहरुमा डिएनए परिवर्तन भएका छन् । उनको प्रतिरक्षा प्रणालीले नयाँ सिग्नलहरु उत्पादन गरेको छ ।

जसले गर्दा उनको शरीरमा नयाँ ब्याक्टेरियाहरु भेटिएका छन् । तर उक्त ब्याक्टेरियाहरुले शरीरमा कुनै नोक्सान नपुर्याएको र पृथ्वीमा फर्किएपछि घट्दै गएको छ । यद्यपि, थोरै मात्रामा स्मरण शक्तिमा गिरावट हुँदै गएकाले वैज्ञानिकहरु चिन्तित छन् ।

केहि वैज्ञानिकहरुले उक्त समस्याको समाधान भेटिने दाबी गरेका छन् । साथै, यसले अन्तरिक्षयात्रीको लागि मंगल ग्रह वा अन्तरिक्षमा लामो समय बस्नु कति सुरक्षित छ त भन्ने प्रश्न पैदा भएको छ ।

अव यसको जवाफ केहि समयमा नै हुन गइरहेको अन्तरिक्षसम्बन्धी थप अध्ययनले पुष्टि गर्ने वैज्ञानिकहरु बताउँछन् । अमेरिकाका स्क्रिप्स रिसर्च ट्रान्सलेशनल इन्स्टिच्युटका निर्देशक डाक्टर एरिक टोपोलले यो व्यापाक अनुमान भएको बताएका छन् ।

५५ वर्षीय केलीले अमेरिकाका नौसेनामा क्याप्टेन भएर काम गरिसकेका छन् । उनी र उनका भाइ मार्क १९९५ मा नासामा जोडिएर अन्तरिक्ष यात्री बनेका थिए । अन्तरिक्षमा बसोबास गर्न योग्य छ कि छैन भनेर परिक्षणको लागि सन् २०१५ मार्च २७ मा केलीलाई अर्का एक सहयोगीका साथमा अन्तरिक्षमा पठाइएको थियो । अन्तरिक्षमा ३४० दिन बसेर उनी १ मार्च २०१६ मा पृथ्वीमा फर्किएका थिए । त्यसपछि सन् २०१६ को मार्च १२ मा उनले नासाबाट हट्ने निर्णय गरे ।

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...