फेरी शक्तिशाली आँधी : ३९ जनाको मृत्यु, आज देशका कयौँ क्षेत्रमा अझै आउने चेतवानी



हाम्रो इकोनोमि

 

 

भारतका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्।

 

बिहीबार रातिदेखि आएको आँधीका कारण भारतका विभिन्न स्थानमा गरेर ३९ जनाको मृत्यु भएको पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आँधीका कारण सबैभन्दा धेरै मध्यप्रदेशमा १३ र राजस्थानमा ९ जनाको ज्यान गएको छ।

आँधीका कारण धेरैजसो स्थानमा विकासका पूर्वाधार क्षतिग्रस्त भएका छन्।

भारतको मौसम विभागले बुधबार देशको कयौं हिस्सामा शक्तिशाली आँधी आउने खतरा भएका कारण सतर्क रहन सुझाब दिएको छ।

आँधीका कारण प्रधानमन्त्री नरेन्द्र्र मोदीले बुधबार गुजरातमा सम्बोधन गर्ने कार्यक्रम स्थल तहसनहस भएको छ।

मोदीको चुनावी सभालाई सम्बोधनका लागि बनाइएको सो कार्यक्रम स्थलको स्टेज र टेन्ट भत्केको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आँधीका कारण मानवीय क्षति भएसँगै प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...