फेरी शक्तिशाली आँधी : ३९ जनाको मृत्यु, आज देशका कयौँ क्षेत्रमा अझै आउने चेतवानी



हाम्रो इकोनोमि

 

 

भारतका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्।

 

बिहीबार रातिदेखि आएको आँधीका कारण भारतका विभिन्न स्थानमा गरेर ३९ जनाको मृत्यु भएको पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आँधीका कारण सबैभन्दा धेरै मध्यप्रदेशमा १३ र राजस्थानमा ९ जनाको ज्यान गएको छ।

आँधीका कारण धेरैजसो स्थानमा विकासका पूर्वाधार क्षतिग्रस्त भएका छन्।

भारतको मौसम विभागले बुधबार देशको कयौं हिस्सामा शक्तिशाली आँधी आउने खतरा भएका कारण सतर्क रहन सुझाब दिएको छ।

आँधीका कारण प्रधानमन्त्री नरेन्द्र्र मोदीले बुधबार गुजरातमा सम्बोधन गर्ने कार्यक्रम स्थल तहसनहस भएको छ।

मोदीको चुनावी सभालाई सम्बोधनका लागि बनाइएको सो कार्यक्रम स्थलको स्टेज र टेन्ट भत्केको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आँधीका कारण मानवीय क्षति भएसँगै प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...