ऐश्वर्या रायका लागि सलमान खानले १६ वर्ष अगाडी जे गरेका थिए..



हाम्रो इकोनोमि

 

 

सुपरस्टार सलमान खान बलिउडमा मात्रै नभई विश्वभर चर्चामा रहेको नाम हो । उनको शैलीले धेरैलाई प्रभावित गर्ने गरेको छ ।

उनी साथीका लागि ज्यान दिने तर दुश्मनका लागि भने निकै कडा रुपमा प्रस्तुत हुने गर्छन ।

उनको यही व्यवहार वर्षौ देखि बलिउडले भोग्दै आएको छ ।

बलिउड अभिनेता विवेक ओबेरोयले सन् २००३ मा एक पत्रकार सम्मेलनको आयोजना गरेर रातारात चर्चामा आएका थिए ।

विवेकले पत्रकार सम्मेलनमा अभिनेता सलमान खानले अभिनेत्री एश्वर्या रायसँग टाढा रहनु भन्दै रक्सीको तालमा आफूलाई ४१ पटक फोन गरेको बताएका थिए ।

साथै सलमानले उनकी प्रेमिका ऐश्वर्यासँग टाढा नभएमा आफूलाई मारपिट गर्ने धम्की दिएको भन्दै सलमान खानलाई सार्वजनिक रुपमै चुनौती दिएका थिए ।

त्यसको परिणामस्वरुप विवेक ओबेरोयको बलिउड करियर नै चौपट भएको आंकलन हुन थालेको छ ।

उक्त घटनापछि बलिउडका फिल्म निर्माता तथा निर्देशकले विवेकलाई काम दिनै मानेनन् ।

अभिनेत्री ऐश्वर्या राय पनि विवेकबाट टाढिइन् र अभिनेता अभिषेक बच्चनसँग विवाह गरिन ।

तपाईलाई जानकारी गराउँ उक्त घटना पछि विवेकले सलमानसँग माफि माग्दै आएका छन तर सलमान माफ गरिरहेका छेनन् ।

त्यो घटना भएको लगभग १६ वर्ष बितिसकेको छ तर अभिनेता विवेक ओबेराय अहिले पनि सलमान खानले आफूलाई माफ गरिदिन्छन् कि भन्ने आशा गरिरहेका छन् ।

एक अन्तरवार्तामा विवेकले सलमान खानका बारेमा दिएको बयान यति बेला चर्चामा छाएको छ ।

अन्तरवार्तामा सलमान खानलाई यतिका वर्षपछि केही भन्नु पर्‍यो भने के भन्नुहुन्छ भन्ने प्रश्नको जवाफमा विवेकले भनेका छन्, ‘तपाइँ माफी दिइनुपर्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?’

उनको यो बयानसँगै बलिउडमा नयाँ हंगामा खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस
‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...

बर्ली (Burly) को बजारमा आक्रामक विस्तार, नयाँ डेजर्ट र पर्सनल कूलर सार्वजनिक

  नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली (Burly) होम एप्लायन्सले यस...

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ अध्याय, CG Digital को पहल

    चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले नेपाली...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...