नेपालमा अति छिटो लोकप्रिय बनेको टिकटकमाथि पनि प्रतिवन्ध !



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय नेपाल लगायत भारतमा पनि सर्वाधिक प्रयोगकर्ता भएको टिकटकमाथि प्रतिवन्ध लगाइएको छ ।

भारतमा गुगलले प्लेस्टोर र एपस्टोरबाट भिडियो एप्स ‘टिकटक’ हटाएको जनाएको छ ।

भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोर बाट अब टिकटक डाउनलोड उपलब्ध नहुने जनाइएको छ ।

गत सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो ।

तर मद्रासको उच्च अदालतले गरेको सुनुवाईमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न जरुरी नरहेको ठहर गरेपछि भारतमा टिकटक माथि प्रतिबन्ध लगाइएको हो ।

यो भन्दा पहिलो भारतमा पब्जी, पोर्न पनि बन्द गराइएको थियो । तपाईलाई जानकारी गराउँ यसअघि मद्रासको उच्च अदालतले चीनको भिडियो मोबाइल एप प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो ।

यो एपले युवाहरुको भविष्य र बालबच्चाको दिमागमा नकारात्मक असर पारेको अदालतको ठहर छ ।

सबैभन्दा नकारात्मक पक्ष भनेको यो एपको माध्यमले युवाहरुका अश्लीलता फैलाएको आरोप लागेको छ ।

यो सँगै नेपालमा पनि प्रतिवन्ध लगाउँनुपर्ने जनाइएको छ तर नेपाल सरकारले यस बारेमा कुनै प्रतिकृया दिएको छैन । पब्जी गेम केही राज्यहरुमा प्रतिवन्ध लगाइएको भए पनि टिकटकमाथि भने पुर्ण रुपमा प्रतिवन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...