भारतमा पनि आँधी : ३५ जनाको मृत्यु, ४० घाइते



हाम्रो इकोनोमि

 

 

भारत आँधीवेहरीको चपेटामा परेको छ । भारतका आठ राज्यमा आएको आँधीमा परी ३५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

मंगलबार देशभर अचानक बिग्रिएको मौसमले गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमांचल, हरियाणा र नयाँदिल्लीमा वर्षा, आँधी र चट्याङ परेर ठूलो संख्यामा जनधनको क्षति भएको हो ।

ज्यान गुमाउनेमा धेरैजसो गुजरात, राजस्थान र मध्यप्रदेशका हुन् । त्यहाँ २८ जनाको मृत्यु भएको थियो ।

वर्षाका कारण ती राज्यमा तापक्रम ४० डिग्रीभन्दा कम भएको छ । मौसम विभागले बुधबार र बिहीबार पनि मौसम यत्तिकै बिग्रिने बताएको छ ।

मौसम विभागका महानिर्देशक केजे रमेशका अनुसार पाकिस्तानबाट आएको पश्चिमी विक्षोभका कारण मौसम थप बिग्रिएको हो ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...