भारतमा पनि आँधी : ३५ जनाको मृत्यु, ४० घाइते



हाम्रो इकोनोमि

 

 

भारत आँधीवेहरीको चपेटामा परेको छ । भारतका आठ राज्यमा आएको आँधीमा परी ३५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

मंगलबार देशभर अचानक बिग्रिएको मौसमले गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमांचल, हरियाणा र नयाँदिल्लीमा वर्षा, आँधी र चट्याङ परेर ठूलो संख्यामा जनधनको क्षति भएको हो ।

ज्यान गुमाउनेमा धेरैजसो गुजरात, राजस्थान र मध्यप्रदेशका हुन् । त्यहाँ २८ जनाको मृत्यु भएको थियो ।

वर्षाका कारण ती राज्यमा तापक्रम ४० डिग्रीभन्दा कम भएको छ । मौसम विभागले बुधबार र बिहीबार पनि मौसम यत्तिकै बिग्रिने बताएको छ ।

मौसम विभागका महानिर्देशक केजे रमेशका अनुसार पाकिस्तानबाट आएको पश्चिमी विक्षोभका कारण मौसम थप बिग्रिएको हो ।

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...