देशभर चट्याङ तथा हावाहुरी सहितको वर्षा, सतर्क हुन आग्रह



हाम्रो इकोनोमि

 

मंगलबार बेलुकादेखि काठमाडौं सहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा ठूलो हावाहुरी सहित वर्षा हुन सक्ने छ।

“यो सामान्य अवस्था होइन,” मौसमविद् शान्ति कँडेलले भनिन्, “धेरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ ।

काठमाडौं सहित जुम्ला, सुर्खेत र पूर्वमा धनकुटा सम्म मौसममा बदली देखिएको छ ।”

“यो असामान्य हो,” उनले मंगलबार बेलुका कुरा गर्दै भनिन्, “बुधबार पनि आउने सम्भावना छ ।”

देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित चट्याङ तथा हुरी बतास र असिना सहितको वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् सुवास रिमालले पश्चिम तराईका दाङ, रुपन्देही, कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाए।

उनको भनाइ थियो,‘‘डाउन विन्ड ब्रस्ट हुने सम्भावनाका कारण त्यस्तो अवस्था देखिएको हो । ’’

यसैगरी आज पनि असिना पानी सहितको हावाहुरीको सम्भावना रहेको र बिहीबार मेघ गर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...