देशभर चट्याङ तथा हावाहुरी सहितको वर्षा, सतर्क हुन आग्रह



हाम्रो इकोनोमि

 

मंगलबार बेलुकादेखि काठमाडौं सहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा ठूलो हावाहुरी सहित वर्षा हुन सक्ने छ।

“यो सामान्य अवस्था होइन,” मौसमविद् शान्ति कँडेलले भनिन्, “धेरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ ।

काठमाडौं सहित जुम्ला, सुर्खेत र पूर्वमा धनकुटा सम्म मौसममा बदली देखिएको छ ।”

“यो असामान्य हो,” उनले मंगलबार बेलुका कुरा गर्दै भनिन्, “बुधबार पनि आउने सम्भावना छ ।”

देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित चट्याङ तथा हुरी बतास र असिना सहितको वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् सुवास रिमालले पश्चिम तराईका दाङ, रुपन्देही, कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाए।

उनको भनाइ थियो,‘‘डाउन विन्ड ब्रस्ट हुने सम्भावनाका कारण त्यस्तो अवस्था देखिएको हो । ’’

यसैगरी आज पनि असिना पानी सहितको हावाहुरीको सम्भावना रहेको र बिहीबार मेघ गर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...