हेर्दा हेर्दै यसरी खरानी भयो विश्वको आधा इतिहास ! [१२ तस्वीर हेर्नुहास्]



हाम्रो इकोनोमि

 

 

विश्वको ठुलो सभ्यता मानिएको फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो प्रसिद्ध चर्च नोट्र–डाम गिर्जाघरमा आगलागी भएको छ ।

सोमबार राति त्यहाँको ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा आगलागी भएको हो । आगलागी कसरी भएको हो खुल्न सकेको छैन ।

तर सरकारी अधिकारीहरूले सो जिर्गाघरको जीर्णोद्धार भैरहेकोले आगलागीको सम्बन्ध हुन सक्ने बताए ।

पेरिसको आइफल टावरनजिकै रहेको सो चर्चको साढे ८ सय वर्ष पुरानो गोथिक भवनमा लागेको आगो नियन्त्रणमा लिन ठूलो स्तरमा प्रयास भइरहेको छ ।

सो गिर्जाघरको छाना र शिखर ध्वस्त भएको बिबिसीले जनाएको छ ।

गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न अपील गरेको थियो ।

आगलागीको दृश्य हेर्न हजारौँ मानिस सडकमा निस्केका छन् । घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रोँले क्याथोलिक र फ्रान्सेली नागरिकप्रति आफ्नो समवेदना रहेको बताए ।

आगो निभाउन ४०० भन्दा बढी अग्नि–नियन्त्रक खटाइएको थियो । हाल आगलागी नियन्त्रणमा आएको छ ।

अग्नी नियन्त्रकहरुले आगलागीले गिर्जाघरमा धेरै क्षति पुर्याएको भए पनि मुख्य संरचना भने बचाउन सफल भएको बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति एमान्युअल म्याक्रोले सोमबार राति सम्बोधन गर्दै आगलागीलाई ‘ठूलो विपत’को संज्ञा दिनु भएको छ ।

नियन्त्रण गर्नको लागि देखाइएको शीघ्रताको लागि धन्यवाद दिदैं उहाँको यसको पुनर्निर्माणका लागि विश्वभरीबाट सहयोग जुटाउँने बताउँनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनालाई लिएर दुःख व्यक्त गर्नुभएको छ । कुनै मानविय क्षति भए नभएको अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...