यी अभिनेत्री भन्छिन: आलियाका आमा-छोरीलाई भारतबाहिर फाल्नुपर्छ



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री पछिल्लो समय सिनेमामा देखिएकी छैनन् तर उनले दिएको पछिल्लो बयानले भने चर्चा बटुलिरहेको छ।

हाल उनको एक भिडियो भारतमा भाइरल भइरहेको छ।

सो भिडियोमा उनले वरिष्ठ अभिनेत्री एवम आलिया भट्टकी आमा सोनी राजदानमाथि केन्द्रित गरेकी छन्।

भिडियोमा पायलले भारतीय नागरिक नरहेको मान्छेले कुन नाताले भारतीय जनतालाई भोट हाल्न आग्रह गरेको भनेर प्रश्न उठाएकी छन्।

उनले यस्ता मानिसलाई देशबाहिर फाल्नुपर्नेसमेत बताएकी छिन्।

उनले त्योसँगै ‘मान्छे बुढो हुँदै गएपछि बहुलाउँछन् भन्थे हो रहेछ’, भनेकी छिन्।

उनले देशमा एमसिआर लागु भए आलियाका आमा-छोरीनै देशबाट बाहिर हुने बताइन्।

पायलले सोनीको ट्वीट पोस्टपछि प्रतिक्रिया जनाउँदै यस्तो बताएकी हुन्।

सोनीले यसपटकको भारतीय चुनावमा घृणाका विरूद्ध मतदान गर्नुपर्ने बताएकी थिइन्।

यो उनको ट्वी भारतीय जनता पार्टीलाई भोट नहाल्न गरिएको अपिल थियो।

आलियाकी आमासँग ब्रिटिस पासपोर्ट छ र आलियासँग पनि बेलायती नागरिक्ता छ।

केहि दिन पहिले एक टिभी अन्तरवार्तामा आलियाले आफूसँग भारतीय पासपोर्ट नभएकाले भोट हाल्ने इच्छा हुँदाहुँदै पनि हाल्न नपाउने खुलासा गरेकी थिइन्।

पायलले यसै कुरा लिएर आमा-छोरीमाथि बयान दिएकी हुन्।

पायलले यस्तो बताएपनि सोनीले आफू पहिले मानव भएकाले मानिसलाई भोट हाल्न आग्रह गरेको ट्वीट गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...