नेपालमै छ १ सय रुपैंयामा युरोप–अमेरिकाको भन्दा उच्च शिक्षा दिने स्कुल !



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्नुभएको छ ।

आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताउनुभयो ।

“राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ ।

यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।”

प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताउनुभयो ।

“सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ ”

प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि तपाईंहरुलाई बधाइ छ ।” प्रधानमन्त्री ओलीले यस बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पार्नुभएको छ ।

नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिती थियो ।

 

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...