अचम्मको विहे ! एक बेहुलाको दुई बेहुलि, उनीहरूकै तीन छोराछोरी जन्ती



हाम्रो इकोनोमि

 

 

भारतको गुजरातस्थित पालघरमा अर्को हप्ता सोमवार पहिलोपटक एक दुलाहाले दुईवटा दुलहीसँग विवाह गर्ने भएका छन् ।

 

यो अनौठो बिहे हुनेछ । बिहेअघि नै उनीहरूका तीन बच्चाबच्ची छन् ।

एउटी दुलही वापीस्थित कम्पनीमा काम गर्छिन् भने अर्की गृहिणी हुन् । बिहेको निमन्त्रणा कार्डमा दुई दुलहीको नाम देखेर मानिस छक्क परेका छन् ।

दुलाहाको नाम सञ्जय धागडा हो । उनी अनाथ हुन् र रिक्सा चलाउँछन् । सञ्जयले १० वर्षअघि बेबीलाई भेटे । दुवैले एकअर्कालाई प्रेम गर्न थाले र बिहे नगरिकनै बस्न थाले ।

सन् २०११ मा सञ्जयले वापीस्थित एक कम्पनीमा जागिर खाने अनि स्कूलमा बनेकी साथी रीनासँग प्रेम गर्न थाले । रीना उमरगाममा बस्छिन् ।

बेबी र रीना दुवैबाट सञ्जयका तीन बच्चा छन् । बच्चाहरू ठूलो भएपछि तीनैले विवाहको निर्णय गरे ।

सुतारपाड नामक स्थानमा यो अनौठो बिहे हुन लागेको छ । बच्चाहरूलाई नाजायज भनी अरूले गिल्ला नगरून् भनी आफूले बिहा गर्न लागेको सञ्जयले बताए ।

दुवै महिलाले आफूहरू विवाह गर्न पाएर खुशी भएको बताए । प्रहरीका अनुसार, आदिवासी क्षेत्रहरूमा यस्ता बिहे सामान्य कुरा हो । एक पुरुषले दुई महिलासँग बिहे गर्ने चलन नै छ । अनि बच्चा पाएपछि बिहे गर्ने पनि नौलो कुरा हैन ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...