सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिशप्रति असन्तुष्टि



हाम्रो इकोनोमि

 

पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ ।

फोरमका महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँग सम्बद्ध इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहित भएको जनाउँदै परिणामस्वरुप न्याय सम्पादनको कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने चेतावनी दिइएको छ ।

परिषद्ले यही चैत १९ गते सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो ।

उच्च अदालतका न्यायाधीशले बुधबार नै पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...