भारतीय एकाधिकार तोड्न ओली सरकारले उठायो यस्तो कदम



हाम्रो इकोनोमि

 

लामो समय देखि भारतीय एकाधिकार सहँदै आएको नेपालले चीनसँग सोचेअनुरुप सम्बन्ध विस्तार गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

यो बिचमा नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ ।

२०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो ।

मङ्गलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत निरीक्षणमा पुगेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले भन्नुभयो, ‘‘तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालन गर्ने तयारी भएको छ ।’

मुलुकको रणनीतिक महत्वको सो नाका छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित अरनिको राजमार्गको पुनर्निर्माण पनि भइरहेकको छ ।

त्यसक्रममा क्षतिग्रस्त ठाउँ र सडकखण्डमा कटान रोकथाम, पहिरो नियन्त्रणको कार्य भइरहेको छ ।

नेपालले भारत र चीनसँग समान रुपमा सम्बन्ध विस्तार गर्न सक्ने हो भने नेपालमा भारतीय एकाधिकार कम हुने र त्यसो भएपछि नेपालमा भारतीय दादागिरी पनि कम हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...