अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, ३१ यात्रु घाइते



हाम्रो इकोनोमि

 

धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराकाे अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् । ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले दुर्घटनाको पुष्टि गर्दै घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालकाे भने त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

 

दुर्घटनाका अधिकांश घाइते अछामका रहेको बताइए पनि उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।बसमा ५० भन्दा बढी सवार रहेको बताइएको छ ।

 

बस ब्रेक फेल भएर मोडमै पल्टेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...