विराटनगरमा भयो यस्तो डरलाग्दो घटना, अदालत र सरकार विरुद्ध नाराबाजी



हाम्रो इकोनोमि

 

अहिले विवादमा रहेको नागरिकता विधेयकको सर्मथनमा प्रदर्शन गरिएको छ । सरकारले अगाडी सारेको नागरिकता विधेयकलाई सर्वोच्व अदालतले राक्न खाजेको भन्दै विराटनगरमा अदालत विरुद्ध प्रदर्शन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस प्रदर्शन गर्नुका साथै कोशी राजमार्गमा केही बेर चक्काजाम समेत्त गरेका हुन् ।

जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर बैशाख ४ गते सम्मलाई नागरिकता वितरण कार्य रोकेको थियो ।

नागरिकता दिने प्रक्रिया रोकिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रदर्शन गर्दै निस्किएका सेवाग्राहीहरुले भट्टी मोडमा केही बेर चक्का जाम पनि गरेका थिए ।

गृह मन्त्रालयले चैत्र १९ गते जन्मका आधारमा नागरिकता पाएका बाबु र आमा दुबैजनाको नागरिकता लिएर आउने व्यक्तिलाई नागरिकता दिन ७७ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । यसलाई लिएर केही राजनीतिक दलहरुले विरोध जनाइरहेका छन् भने अदालत पनि सरकार विरुद गएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...