विराटनगरमा भयो यस्तो डरलाग्दो घटना, अदालत र सरकार विरुद्ध नाराबाजी



हाम्रो इकोनोमि

 

अहिले विवादमा रहेको नागरिकता विधेयकको सर्मथनमा प्रदर्शन गरिएको छ । सरकारले अगाडी सारेको नागरिकता विधेयकलाई सर्वोच्व अदालतले राक्न खाजेको भन्दै विराटनगरमा अदालत विरुद्ध प्रदर्शन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस प्रदर्शन गर्नुका साथै कोशी राजमार्गमा केही बेर चक्काजाम समेत्त गरेका हुन् ।

जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर बैशाख ४ गते सम्मलाई नागरिकता वितरण कार्य रोकेको थियो ।

नागरिकता दिने प्रक्रिया रोकिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रदर्शन गर्दै निस्किएका सेवाग्राहीहरुले भट्टी मोडमा केही बेर चक्का जाम पनि गरेका थिए ।

गृह मन्त्रालयले चैत्र १९ गते जन्मका आधारमा नागरिकता पाएका बाबु र आमा दुबैजनाको नागरिकता लिएर आउने व्यक्तिलाई नागरिकता दिन ७७ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । यसलाई लिएर केही राजनीतिक दलहरुले विरोध जनाइरहेका छन् भने अदालत पनि सरकार विरुद गएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...