सिरहामा ट्रककाे ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

सिरहामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा तीनजनाको ज्यान गएको छ ।

सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चाेक नजिक पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ बिस्कुट बोकी जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको स ९ प ७३७८ नम्बरको ३ जना सवार मोटरसाइकललाई ठक्कर दिँदा तीनै जनाको ज्यान गएको हो ।

उनीहरुको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय लहानले जनाएकाे छ ।

ज्यान गुमाउनेमा लहान नगरपालिका ४ बस्ने वर्ष २६ का कृष्णा सहनी, वर्ष २६ का शिव कुमार सहनी र वर्ष २५ का मनोज मण्डल छन् ।

शवलाई पोष्टमार्टम लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...