नेपाल मेडिसिटी अस्पतालको अर्को ठूलो काण्ड, थाहाँ पाउँदा सबैको होस उड्यो !



हाम्रो इकोनोमि

 

समयसमयमा विवादमा पर्दै आइरहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालको अर्को ठूलो काण्ड बाहिरिएको छ ।

अस्पतालले पूर्वसांसद गायत्री साहमाथि अन्याय गरेको आरोप लागेको छ ।

मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीले ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको खुलेको छ ।

मेडिसिटी अस्पताल र डा.श्रेष्ठको लापरबाहीले ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएपछि साह र उनका पति राजेश महतो तथा आफन्तले अस्पतालमा धर्ना दिएका छन् ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानी रहेको मेडिसिटी अस्पतालमा समयसमयमा यस्ता घटनाहर बाहिर आउँने गर्दछन् ।

यसअघि पनि यो अस्पताल पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पनि गलत उपचार गरेको आरोप लागेको छ ।

अधिकारीलाई मेडिसिटीबाट निकालेर आफन्तले ह्याम्स अस्पतालमा लगेर उपचार गराइएको थियो ।

यो बिचमा अस्पतालले भने पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको भन्दै बच्चा अस्पतालमै छोडेर भागेको बताएको छ ।

सामान्यतया यस्तो बच्चा शारीरिक विकास कम भएको बच्चा जन्मिएको भन्दै उहाँले मेडिसिटी अस्पतालमा बच्चा छोडेको खुल्न आएको छ ।

साहले फागुन २८ गते मेडिसिटी अस्पताल मा छोरा जन्माउनु भएको थियो ।

दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेर जानु भएको हो ।

उहाँले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेर धर्नामा वस्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘तीन र पाँच महिनामा बच्चा को शारीरिक परीक्षण गर्दा केही देखिएको थिएन, तर, जन्मेपछि यस्तो बच्चा आएपछि मैले अस्पतालको जिम्मामा छोडेकी हुँ ।’ गर्भवतीलगत्तै उहाँले मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँनु भएको थियो ।

लामो समय एनआइसियुमा राखी बच्चाको रगत परीक्षण गर्न भारत पठाइएको थियो । भारतबाट आएको रिपोर्टमा ‘डाउन सिन्ड्रोम’ देखिएपछि साहले अस्पतालमै बच्चा छोडेर जानु भएको अस्पताल स्रोतले बताएको छ ।

बच्चा अहिले अस्पतालमै उपचारमा छन् । अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ ।

अस्पतालकी सूचना अधिकृत मनिता पोखरेल भन्नुहुन्छ, ‘उहाँले केही असहमति राखेर बच्चा नलिने अडान राख्नुभएको छ, तर यस विषयमा कुराकानी भइरहेकै छ, उहाँले छोडिसक्नु भएको चाहिँ हैन ।’

उहाँले अगाडी थप्नुभयो, ‘उहाँहरूसँग कुराकानी भइरहेको छ ।’ साहले भनेजस्तो जाँच १४–१८ हप्तामा गर्नुपर्छ । साहको नियमित स्वास्थ्य परीक्षण गरिरहेकी मेडिसिटीकी डाक्टर मीरा सिंह श्रेष्ठले ‘डाउन सिन्ड्रोम’ टेस्ट नगरिएको भन्नुहुन्छ । ‘

डाउन सिन्ड्रोम जाँच गर्ने नेपालमा कुनै प्रविधि छैन, प्रोटोकल नै छैन,’ श्रेष्ठले भन्नुभयो ‘उहाँहरूलाई पीडा परेकाले त्यस्तो लाग्नु स्वाभाविक हो ।’

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य नीतिमा पनि यो परीक्षण जरुरी रहेको भनिएको छैन । उनका अुसार ३५ वर्षभन्दा बढी उमेरका महिलाबाट ‘डाउन सिन्ड्रोम’ बच्चा जन्मिन सक्ने जोखिम हुन्छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...