अपराधि आमाः पूर्व सभासद् गायत्री शाहले अस्पतालमा जन्माएको छोरो छाडेर भागिन



हाम्रो इकोनोमि

 

आमा भन्ने बित्तिकै मानिसको मनमा अर्कै खालको माया र दया भाव अाउँछ । आमा शब्द जति प्यारो छ आमाले दिने माया त्यो भन्दा कयाैँ गुना ठूलो र गुनिलो हुन्छ ।

तर सबै आमा भने एकनासको हुँदैनन् । कतिपय अवस्थामा मान्छेहरूले नबुझेर आमाको कर्तव्य पूरा नगरेको त थाहा पाएका छाैँ ।

तर बुझेको र शिक्षित भनिएको मान्छेबाट आमा भन्ने शब्दकै खिल्ली उडाउने खालका अपराधिक गतिबिधि कमैमात्र सुन्न र देख्न पाइन्छ ।

यस्तै भएको छ काठमाडाैँमा ।

पूर्व सभासद् गायत्री शाहले आमा भन्ने शब्दकै खिल्ली उडाउने काम गरेकी छिन । अझ उनको अापराधिक मानसिकताको बयान गरेर साध्यै छैन ।

गत फागुन २८ गते ललितपुरको मेडिसटी अस्पतालमा छोरा जन्माएकी गायत्री शाहले सुस्तमनस्थिति भएको भन्दै छाडेर भागेकी छिन ।

झण्डै एक महिनादेखि बच्च अस्पतालको बेडमा रहेको छ । उनले बच्चा सुस्त मनस्थितिको भएको भन्दै छाडेर भागेकी हुन ।

गायत्रीले अस्पतालले बच्चा सुस्तमनस्थितिको भएको विषयमा अाफूलाइ पूर्व जानकारी दिएर गर्भपतन गर्न अस्पतालले सुझाव नदिएको भन्दै जन्मिएको बच्चा अस्पतालले हुर्काएर पाल्नुपर्ने बताएको अस्पताल प्रशासनले जनाएको छ ।

शाहले बच्चा अस्पतालले आजीवन पाल्नु पर्ने दबाब दिएकी छन् ।

गर्भावस्थामै बच्चा सुस्त मनस्थितिको भएको जानकारी नदिएको भन्दै उनले अस्पताललाई दोष दिएकी छन् ।

शाहले अस्पतालसँग आर्थिक क्षतिपूर्ति माग्न प्रेस विज्ञप्ती जारी गर्ने र धर्ना दिने गर्न थालेकी छन् ।

नेपाल मेडिसिटी अस्पतालले गर्भावस्थामा शिशु सुस्तमनस्थिति रहे नरहेको थाहा पाउन कठिन हुने र थाहा भए पनि पूर्व जानकारी दिनु गैरकानुनी हुने बताएको छ । अस्पतालले शिशुलाई एनआइसियुमा राखेर अझै जीवित राखेको छ ।

शिशु स्वस्थ रहेको र डिस्चार्ज गर्ने बेला भएको अस्पतालले जनाएको छ । शिशुको अधिकार हनन् भइरहेको तर्फ अस्पतालले ध्यानाकर्षण गराएको छ ।

गायत्री २०६४ सालको संविधानसभामा जनता दलको तर्फबा सभासद् भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...