नेपालमा अब सवारी चलाउँन १० कक्षा पास गर्नुपर्ने !



हाम्रो इकोनोमि

 

सवारीसाधन चलाउँनको लागि अब दश कक्षा पास गरेको हुनपर्ने भएको छ ।

विगतमा २०७१ सालमा सरकारले सवारी चालकको योग्यतामा एसएलसी पास हुनुपर्ने राखेपछि धेरैले प्रश्न उठाए, नेता बन्न चाहिँ कति योग्यता चाहिन्छ ?’

भन्ने प्रश्नसहित चौतर्फी आलोचना भएपछि तत्कालीन सरकार आफ्नो निर्णयबाट पछि हट्नु परेको थियो ।

त्यसैले अहिले सवारी चालक अनुमतिपत्र दिँदा शैक्षिक योग्यता खोजिँदैन।

तर, काठमाडौं महानगरपालिकाले चालकको शैक्षिक योग्यता तोकेर ‘सवारी तथा यातायात विधेयक २०७५ ’ ल्याएको छ ।

आइतबार नगरसभाले पारित गरेको बिधेयकमा सवारी चालक र परिचालक न्यूनतम दश कक्षा पास हुनुपर्ने बताइएको छ ।

विधेयकको परिच्छेद ४ मा सवारी चालक र परिचालकसम्बन्धी व्यवस्था छ । जसमा चालक हुन तोकिएका ५ योग्यता मध्ये ‘ख’ मा भनिएको छ, ‘न्यूनतम् दश कक्षासम्म उत्तिर्ण गरेको ।’

यस्तै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमको सवारी चालक इजाजत प्राप्त गरेको, फौजदारी अभियोगमा सजाय नपाएको, शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहेको तथा प्रचलित कानुनले अयोग्य नरहेको हुनुपर्ने उल्लेछ ।

सहचालकको हकमा पनि त्यही योग्यता तोकिएको छ ।

यो कत्तिसम्म व्यवहारिक हुन्छ त्यो भने हेर्न बाँकी छ ।

सवारीसाधन चलाउँने व्यक्तिहरुमा शैक्षिक भन्दा पनि मानसिक रुपमा ठिक हुनुपर्ने धारणा धेरैको रहेको छ ।

चालक हुँदा अध्यन आधारभुत भएपनि उमेरको कुरामा विशेष ख्याल गर्नुपर्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...