म विद्युत् प्राधिकरणमा रहेसम्म कुनै दादागिरी चल्दैन : कुलमान घिसिङ



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले फेरि सल्बलाइरहेको भन्दै त्यस्ता समूहको कुप्रचारबाट सतर्क रहन सचेत गराएका छन् ।

सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गरी घिसिङले प्राधिकरणका केही व्यक्तिहरु नै बोर्डको बैठक र निर्णयहरुलाई गलत तरिकाले प्रचार गर्दै हिँडेको भन्दै प्राधिकरणमा आफू रहेसम्म अनियमितता र दादागिरी हुन नदिने बताए ।

९ अर्ब रुपैयाँ घाटामा गएको संस्थालाई अहिले नाफा गर्ने अवस्थामा ल्याइपुर्‍याएको र लोडसेडिङको अन्त्य भएपछि त्यस्ता मानिसहरुलाई असह्य भएको उनको आरोप थियो ।

प्राधिकरणकै जिम्मेवार व्यक्तिहरुले नै अनावश्यक अभिव्यक्ति दिँदै हिडेको आरोप पनि उनले लगाए ।

देशभर २९८ ओटा डेडिकेटेड र ट्रंक लाइन सुविधा जडान गरिएको जानकारी दिँदै उनले सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिँचाइ वर्गमा परेका ५० बाहेक अन्यको हकमा नियमित विलिङ भइरहेको बताए ।

तर, केही व्यापारिक तथा औद्योगिक ग्राहकहरु प्रिमियमसहितको शुल्क तिर्नु नपर्ने भन्दै अदालत गएकाले उनीहरुबाट बक्यौता उठ्न नसकेको उनले स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...