बसुन्धाराकाे एक घरमा बम भेटियो, ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौंको बसुन्धारामा सकेट बम भेटिएको छ ।

ओसिस क्याफेको पछाडि रहेको ‘द वल्र्ड कल्चर आर्ट एसोएिसन’ को कार्यालयमा सोफामुनि राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

घटनास्थलमा यतिबेला नेपाली सेना पनि पुगेको छ।

सेनाको टोलीले बम निस्क्रिय पार्न प्रयास गरिरहेको छ। प्रहरीले घट्नास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

२४ फागुनकाे राति बुसन्धरामै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरको पार्किङमा बम विस्फोट गराएको थियो। सो घटनामा मणिराम पौडेल घाइते भएका थिए।

विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको थियो। आसपासका घरमा समेत क्षति पुगेको थियो। विप्लव समूहले १० फागुनमा नख्खुस्थित एनसेलको कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो। दुई जना घाइते भएका थिए।

बसुन्धरामा भेटिएको बम कसले राखेको हो खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...