यसकारण धमाधम मर्न थाले सामुद्रीक जीव ! के पृथ्वी नष्ट हुँदैछ ?



हाम्रो इकोनोमि

 

पछिल्लो समय बद्लिदो जैविक परिवर्तनले वातावरणमा गम्भिर असर परेको छ ।

यो बिचमा इटालीको सार्दिनियास्थित पर्यटकीयस्थल पोर्टो सेर्भेकको समुद्री किनारमा मृत भेटिएको एक व्हेल माछाको पेटबाट २२ किलो प्लास्टिक निकालिएको छ ।

गर्भवती समेत रहेको उक्त व्हेल माछाको लम्बाई ८ मिटर थियो ।

व्हेलको पेटभित्र २२ किलो प्लास्टिकका साथै मृत भ्रुण फेला परेको अधिकारीहरुले बताए । व्हेलको पेटभित्र फोहोर फाल्न प्रयोग हुने प्लास्टिकको झोला, माछा मार्ने जाली, तार, पाइप लगायतका वस्तुहरु फेला परेको थियो ।

यो घटनापछि इटालीका वातवरणमन्त्री सर्गियो कोस्टाले आफ्नो फेसबुक वालमामार्फत भन्नु भएको छ, ‘अझै पनि यस्ता घटनालाई सामान्य रुपमा लिने मानिसहरु छन् ।

मेरो लागि यो घटना ठूलो हो । यस्ता विषयहरु मेरो प्राथिमकतामा पर्छन् ।’ मन्त्री कोस्टाले विगतमा आफ्नो सुविधाका लागि प्रयोग गरिने वस्तुहरुको उचित व्यवस्थापन नगरिँदा यस्तो परिणामा आएको दाबी गरेका छन् ।

उहाँले युरोपियन सांसदले एकपटक मात्र प्रयाग गरिने प्लास्टिकलाई सन् २०२१ बाट पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताउँदै इटाली यो कानुन कार्यान्वयन गर्ने पहिलो मुलुक हुने वाचा गरेका छन् ।

अघिल्लो महिना फिलिपिन्समा पनि मृत फेला परेको वयस्क व्हेलको पेटबाट ४० किलो प्लास्टिक निकालिएको थियो । समुद्रमा प्लास्टिकको मात्रा बढ्दै गएपछि यसको असर सामुद्रीक जीवहरुमा देखा पर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...