यसकारण धमाधम मर्न थाले सामुद्रीक जीव ! के पृथ्वी नष्ट हुँदैछ ?



हाम्रो इकोनोमि

 

पछिल्लो समय बद्लिदो जैविक परिवर्तनले वातावरणमा गम्भिर असर परेको छ ।

यो बिचमा इटालीको सार्दिनियास्थित पर्यटकीयस्थल पोर्टो सेर्भेकको समुद्री किनारमा मृत भेटिएको एक व्हेल माछाको पेटबाट २२ किलो प्लास्टिक निकालिएको छ ।

गर्भवती समेत रहेको उक्त व्हेल माछाको लम्बाई ८ मिटर थियो ।

व्हेलको पेटभित्र २२ किलो प्लास्टिकका साथै मृत भ्रुण फेला परेको अधिकारीहरुले बताए । व्हेलको पेटभित्र फोहोर फाल्न प्रयोग हुने प्लास्टिकको झोला, माछा मार्ने जाली, तार, पाइप लगायतका वस्तुहरु फेला परेको थियो ।

यो घटनापछि इटालीका वातवरणमन्त्री सर्गियो कोस्टाले आफ्नो फेसबुक वालमामार्फत भन्नु भएको छ, ‘अझै पनि यस्ता घटनालाई सामान्य रुपमा लिने मानिसहरु छन् ।

मेरो लागि यो घटना ठूलो हो । यस्ता विषयहरु मेरो प्राथिमकतामा पर्छन् ।’ मन्त्री कोस्टाले विगतमा आफ्नो सुविधाका लागि प्रयोग गरिने वस्तुहरुको उचित व्यवस्थापन नगरिँदा यस्तो परिणामा आएको दाबी गरेका छन् ।

उहाँले युरोपियन सांसदले एकपटक मात्र प्रयाग गरिने प्लास्टिकलाई सन् २०२१ बाट पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताउँदै इटाली यो कानुन कार्यान्वयन गर्ने पहिलो मुलुक हुने वाचा गरेका छन् ।

अघिल्लो महिना फिलिपिन्समा पनि मृत फेला परेको वयस्क व्हेलको पेटबाट ४० किलो प्लास्टिक निकालिएको थियो । समुद्रमा प्लास्टिकको मात्रा बढ्दै गएपछि यसको असर सामुद्रीक जीवहरुमा देखा पर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...