यी महिला जसले विश्वकै सबैभन्दा महंगो डिर्भोस सम्भव गराईन्



हाम्रो इकोनोमि

 

विश्वको सबैभन्दा महत्वपुर्ण र महंगो सम्बन्ध विच्छेद भएको केही समय वितेको छ ।

टिभी एंकर लरेन सान्चेज तथा उनका पति प्याट्रिक वाइटसेलले शुक्रबार सम्बन्ध विच्छेदनको आवेदन दिएका छन् ।

लरेन विश्वकै धनी व्यक्ति जेफ बेजोससँगको सम्बन्धमा रहँदै आएकी छन् ।

बेजोस र म्याकेन्जीको सम्बन्ध विच्छेदको सम्झौता आपसी सहमतिमा बिहीबार तय भइसकेको छ । अदालतले पनि यसको मन्जुरी दिइसकेको छ ।

लरेनका पति वाइटसेल हलिउड एजेन्सी डब्लुएमईका सिइओ हुन् ।

१४ वर्ष पहिले उनको सान्चेजसँग विवाह गरेका थिए ।

बेजोसले दुई वर्षपहिले वाइटसेलका माध्यमबाट सान्चेजसँग भेटका थिए ।

यसपछि बेजोससँग उनको हिमचिम बढेको हो । जेफ बेजोस तथा म्याकेन्जीले यसै वर्षको जनावरीमा सम्बन्ध विच्छेद लिने घोषणा गरेका थिए ।

२५ वर्षपहिले उनीहरुको विवाह भएको थियो ।

बेजोसको सम्बन्ध विच्छेदको घोषणा अघिल्लो दिन अमेरिकी म्यागेजिन द एनक्वाइडररले एक समाचारमा बेजोसको सम्बन्ध विच्छेदका कारण लरेन सान्चेज भएको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...