यी महिला जसले विश्वकै सबैभन्दा महंगो डिर्भोस सम्भव गराईन्



हाम्रो इकोनोमि

 

विश्वको सबैभन्दा महत्वपुर्ण र महंगो सम्बन्ध विच्छेद भएको केही समय वितेको छ ।

टिभी एंकर लरेन सान्चेज तथा उनका पति प्याट्रिक वाइटसेलले शुक्रबार सम्बन्ध विच्छेदनको आवेदन दिएका छन् ।

लरेन विश्वकै धनी व्यक्ति जेफ बेजोससँगको सम्बन्धमा रहँदै आएकी छन् ।

बेजोस र म्याकेन्जीको सम्बन्ध विच्छेदको सम्झौता आपसी सहमतिमा बिहीबार तय भइसकेको छ । अदालतले पनि यसको मन्जुरी दिइसकेको छ ।

लरेनका पति वाइटसेल हलिउड एजेन्सी डब्लुएमईका सिइओ हुन् ।

१४ वर्ष पहिले उनको सान्चेजसँग विवाह गरेका थिए ।

बेजोसले दुई वर्षपहिले वाइटसेलका माध्यमबाट सान्चेजसँग भेटका थिए ।

यसपछि बेजोससँग उनको हिमचिम बढेको हो । जेफ बेजोस तथा म्याकेन्जीले यसै वर्षको जनावरीमा सम्बन्ध विच्छेद लिने घोषणा गरेका थिए ।

२५ वर्षपहिले उनीहरुको विवाह भएको थियो ।

बेजोसको सम्बन्ध विच्छेदको घोषणा अघिल्लो दिन अमेरिकी म्यागेजिन द एनक्वाइडररले एक समाचारमा बेजोसको सम्बन्ध विच्छेदका कारण लरेन सान्चेज भएको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...