भिक्षु अश्वघोषको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद्को आजको बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उहाँको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति समवेदना पनि व्यक्त गरेको छ ।

भिक्षु अश्वघोषको गत शुक्रबार निधन भएको थियो ।

यसअघि उहाँ गम्भीर अस्वस्थ हुँदा प्रधानमन्त्री केपी शर्मा ओली लगायतमन्त्री र सांसदहरु उहाँको अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।

भिक्षुृ अश्वघोष विसं २०४६ को जनान्दोलनपछि तत्कालीन संसद्मा तत्कालीन नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्यमा मनोनीत हुनुभएको थियो ।

नेपाली भिक्षु सांसदमा पुगेको त्यो नै पहिलो घटना थियो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...