१४ वर्षकी छात्राले ‘कण्डम नभए मसँग योनी छैन’ लेखेपछि…..



हाम्रो इकोनोमि

 

पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।

विद्यार्थीलाई सानै उमेरदेखि यौनजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको छ ।

पछिल्लो समय एक छात्राले यौन शिक्षाको परीक्षामा दिएको उत्तर पुस्तिका सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।

मात्रै १४ वर्षकी छात्राले परीक्षामा दिएको एउटा उत्तरले सामाजिक संजालमा तुफान ल्याइदिएको छ ।

उनलाई यौन सम्पर्कका बेला कण्डम प्रयोग नगर्ने विषयमा प्रश्न सोधिएको थियो । उनको जवाफ देख्दा शिक्षकको होसहवास उड्यो ।

यही जवाफका कारण ती छात्रालाई स्कुलबाटै निकालियो ।

मारिया नामकी यी छात्रालाई आफ्नो पार्टनरले कण्डम प्रयोग नगर्नको लागि बनाउने बहानाहरु दिइ पार्टनरले त्यस्तो बहाना बनाएमा कस्तो जवाफ दिन्छौ भनेर सोधिएको थियो । ‘यदि पार्टनरले मसँग कण्डम छैन भन्यो भने ?’

भन्ने प्रश्नको उत्तरमा ती छात्राले सिधै लेखिन् ‘त्यसो भए मसँग योनी छैन ।’ ‘कण्डम किन्न लाज लाग्छ’ भन्ने बहानाको जवाफमा उनले लेखेकी छिन् ‘त्यो तिम्रो समस्या हो । महसँग सेक्स गर्नु छ भने कण्डम चाहिन्छ ।’

स्कुलले ती छात्राको उमेर मात्रै १४ वर्ष भएको र उनको उमेरको हिसाबले ती उत्तर सुहाउँदो नभएको भन्दै उनलाई स्कुलबाट निकालिदिएको जनाएको छ । उनले उत्तर दिन प्रयोग गरेका शब्द उनको उमेरअनुसार पटक्कै ठिक नभएको स्कुलका प्रबन्धकले बताएका छन् ।

ती छात्राको उत्तर पुस्तिका सामाजिक संजालमा भाइरल भएको छ । यो उत्तर पुस्तिका अहिलेसम्म ३० लाखभन्दा बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...