त्रिवीमा शैक्षिक सुधारका लागि आएको रकमले श्रीमान लगेर विदेशमा मस्ती



हाम्रो इकोनोमि

 

शैक्षिक सुधारका लागि आएको रकम लिएर निजी भ्रमणमा गएको खुल्न आएको छ ।

त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको हो ।

उक्त रकम शिक्षाध्यक्ष प्रा डा. सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्यको पर्दाफास भएको हो ।

त्रिपाठीले आफ्ना श्रीमान् प्रा डा रमेशप्रसाद भट्टराईलाई विज्ञ बनाएर परियोजनाका हरेक भ्रमणमा सँगै लैजाने गरेपछि त्रिविभित्रै आक्रोश बढेको छ ।

परियोजनाको प्रमुख रेक्टर त्रिपाठीले परियोजनाले अहिलेसम्म को–कोलाई विदेश पठाएको छ भन्ने अधिकांश विषय गोप्य राख्ने गरेको जनाइएको छ ।

उक्त परियोजना अन्तर्गत विदेश भ्रमण जाँदा त्रिविलाई आर्थिक भार नपर्ने उल्लेख गरी बिदा स्वीकृत भए तापनि उहाँले दोहोरो सुविधा लिने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई ग्रिस, चेन्नाई, इटाली, स्पेन, चीन, अमेरिकालगायतका प्रायः देशको भ्रमणमा लैजाँदा परियोजनाको रकम खर्च गर्नुभएको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...