बारा-पर्सामा आतंक मच्चाउने हावाहुरीबारे गम्भिर अध्यन सुरु ! नेपालका लागि कति खत्तरा ?



हाम्रो इकोनोमि

 

अहिले नेपाली विज्ञका बिचमा नयाँ कुरा बहसमा आएको छ । हालै नेपालको बारा,

पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ ।

सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन् ।

वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, “बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ ।”

सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो आएको पुष्टि मौसमविद्ले गरेका थिए ।

‘स्प्याटुअल रिजोलुसन’ भन्नाले कुन क्षेत्र र कति विस्तृत विवरण देखायो भन्ने हुन्छ । एक पिक्सल बराबर १० मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रको विवरण तस्बिरमा थियो ।

त्यो विश्लेषणले टोर्नाडो आएको प्रस्ट पारेपछि नै टोली तत्काल बारा, पर्सा अध्ययनमा जुटेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए । यो समाचार आजको गोरखापत्रबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...