भारतीय गाडीको जनकपुरमा यस्तो दादागिरी : दुध बेच्ने साइकल यात्री हानेर फरार



हाम्रो इकोनोमि

 

कारले साइकललाई ठक्कर दिदा साइकल यात्री गम्भिर घाइते भएका छन् ।

जनकपुरमा आज बिहान भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट एक वृद्ध घाइते भएका हुन् ।

वृद्ध राम नारायण यादवलाई बी.आर. ३२ पि.ए. ३३५९ नम्बरको भारतीय सेतो रंगको स्कार्पियोले जनकपुर ७ स्थित वशिष्ठ चौकमा साईकलमा दूध बेच्न जाँदै गर्दा पछाडिबाट ठक्कर दिएको जनाइएको छ ।

जनकपुरको जीरो माइल तर्फबाट पश्चिम रामानन्द चौक जाने बाटोमा भारतीय नम्बरको उक्त गाड़ीले दूध बेच्ने यादवलाइ ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् ।

घाइते महोत्तरी निवासी यादवलाई थप उपचारका लागि अञ्चल अस्पतालमा लगिएको छ ।

अत्याधिक गतिमा रहेको गाड़ीले ठक्कर दिएर तत्काल स्कार्पियो चालक फरार भएको देखेपछि स्थानीयहरुले घाइते यादवलाई उठाएर प्राथमिक उपचार सुरु गरेका हुन् ।

घटनास्थलमा पुगेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीले तत्कालै चालक लुकेर बसेको ठाउँमा पुगी पक्राउ ग़री जनकपुर जीरो माइलस्थित जीरो माइल प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...