कविलासी नगरपालिकाले गर्यो यस्तो प्रशंसनीय निर्णय : तलब कटाएर आँधी पिडितलाई पठाए सहयोग



हाम्रो इकोनोमि

 

सर्लाहीको कविलासी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो तलबबाट बारा र पर्साका हावाहुरी प्रभावितलाई साढे ६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

नगर कार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई राहत तथा पुर्नस्थापना कार्यका लागि निर्वा्चित पदाधिकारी तथा कर्मचारीहरुको तलबबाट सहयोग गर्ने निर्णय गरेको हो ।

निर्वा्चित जनप्रतिनिधिको चैत्र महिनाको ५ दिनको पारिश्रमिक, कर्मचारीहरुको ३ दिनको तलब र शिक्षकहरुको १ दिनको तलब गरी जम्मा ६ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग हावाहुरी प्रभावितलाई गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो रकम नगरपालिकाको तर्फबाट सम्बन्धित विपद् व्यवस्थापन समितिसँग समन्वय गरि नगदै अथवा उक्त रकम बराबरको राहत सामग्री हावाहुरी प्रभावितलाई उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...