कविलासी नगरपालिकाले गर्यो यस्तो प्रशंसनीय निर्णय : तलब कटाएर आँधी पिडितलाई पठाए सहयोग



हाम्रो इकोनोमि

 

सर्लाहीको कविलासी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो तलबबाट बारा र पर्साका हावाहुरी प्रभावितलाई साढे ६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

नगर कार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई राहत तथा पुर्नस्थापना कार्यका लागि निर्वा्चित पदाधिकारी तथा कर्मचारीहरुको तलबबाट सहयोग गर्ने निर्णय गरेको हो ।

निर्वा्चित जनप्रतिनिधिको चैत्र महिनाको ५ दिनको पारिश्रमिक, कर्मचारीहरुको ३ दिनको तलब र शिक्षकहरुको १ दिनको तलब गरी जम्मा ६ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग हावाहुरी प्रभावितलाई गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो रकम नगरपालिकाको तर्फबाट सम्बन्धित विपद् व्यवस्थापन समितिसँग समन्वय गरि नगदै अथवा उक्त रकम बराबरको राहत सामग्री हावाहुरी प्रभावितलाई उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...