आयो विश्वकै अचम्मको कण्डम : अब कण्डमले नै गराउनेछ एकसाथ यौनसम्पर्कका लागि सहमत



हाम्रो इकोनोमि

 

सामान्यतया अहिलेसम्म महिला र पुरुषका लागि फरकफरक कण्डम निर्माण गरिएको हामीले थाहा पाएका छौं ।

के तपाईलाई थाहा छ विश्वमा अहिले एक अनौठो कण्डमको निर्माण पनि भएको छ ।

अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम निर्माण गरेको छ जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्ने कम्पनीको दावा रहेको छ ।

अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा ठाउँमा दबाउनुपर्छ ।

‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छ ।

यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिनेछ ।

कण्डमको प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’ यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

यद्यपि, यसका केही निश्चित प्याकेट बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदैछ । हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ । यसले यौन सुख बढाउने उनीहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...