सोमबारसम्म मौसम बदली रहने, काठमाडौँमा असिना पानी, हेर्नुहोस् तस्बीरमा



हाम्रो इकोनोमि

 

काठमाडाैँसहित देशभरको मौसम अहिले बदली भएको छ । अहिले काठमाडाैँ लगायतको स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भएको हो । अहिले केही ठाउँमा पानी परिरहेको छ ।

 

माैसम बदली हुँदा यसको बढी असर अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा धेरै देखिएको छ । महाशाखाले यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महासाखाले अझै करिब दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

 

झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ । सोमबारसम्म माैसम यस्तै रहने महाशाखाले जनाएको छ । तलका तस्बीरहरू काठमाडाैँको टोखा नगरपालिका क्षेत्रको हो । तस्बीरहरूः दुर्गेश रञ्जितकार

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...