सोमबारसम्म मौसम बदली रहने, काठमाडौँमा असिना पानी, हेर्नुहोस् तस्बीरमा



हाम्रो इकोनोमि

 

काठमाडाैँसहित देशभरको मौसम अहिले बदली भएको छ । अहिले काठमाडाैँ लगायतको स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भएको हो । अहिले केही ठाउँमा पानी परिरहेको छ ।

 

माैसम बदली हुँदा यसको बढी असर अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा धेरै देखिएको छ । महाशाखाले यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महासाखाले अझै करिब दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

 

झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ । सोमबारसम्म माैसम यस्तै रहने महाशाखाले जनाएको छ । तलका तस्बीरहरू काठमाडाैँको टोखा नगरपालिका क्षेत्रको हो । तस्बीरहरूः दुर्गेश रञ्जितकार

 

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...