यस्तो दर्दनाक अवस्थामा भेटियो युवतीको शव



हाम्रो इकोनोमि

 

जंगलमा एक युवत्तीको शव फेला परेको छ ।

महोत्तरीमा एक युवतीको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका २ सिंहासनी जाने बाटोको पूर्वपट्टि खेतमा लगाइएको रहरको झाडीमा शुक्रबार दिउँसो युवतीको शव फेला परेको छ ।

अन्दाजी २१ वर्षकी ती युवतीको घाँटीमा गहिरो डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

दुई दिनअघि ती युवतीको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको थियो । युवतीको सनाखत हुन बाँकी छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय नेपालमा बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु लगातार बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...