यस्तो छ बारा–पर्सा हावाहुरी पीडितको दयनीय अवस्था, एउटा झूलमा रात काट्नुपर्ने बाध्यता



हाम्रो इकोनोमि

 

गत आइतबार साँझ खाना पकाएर खाने बेला आएको हावाहुरी र भुमरीले बारा र पर्सामा वितण्डा मच्चायो ।

करिब तीन हजार घर क्षतिग्रस्त बने । पूर्णरूपमा १४ सय र आंशिक रूपमा १६ सय बढी क्षतिग्रस्त बनेका छन् ।

हावाहुरीले उडाएर स्थानीयको लत्ताकपडा कता पु¥यायो अत्तोपत्तो छैन । खानेकुरा केही छैन ।

बस्ने बाससमेत छैन । संघीय सरकार, प्रदेश सरकार, विभिन्न राजनीतिक दल, संघसंस्था, एनजीओ–आईएनजीओ, व्यक्तिगत रूपमा पनि पीडितहरूलाई राहत दिने र घोषणा गर्ने क्रम जारी छ ।

तर, बारामा देखिएको यो दृश्य (तस्बिर) ले पीडितहरू कुन अवस्थामा आफ्नो दैनिकी गुजारिहेका छन् भन्ने छर्लंग हुन्छ ।

वीरगन्जका पत्रकार भूषण यादवले घटनास्थलमा बिहान खिचेर फेसबुकमा राखेको तस्बिरले कसको मन रुँदैन र ?

तस्बिरमा पाँच–सातवटा झूलभित्र विस्तारा लगाइएको छ । चिसो भुइँमा एउटा पातलो पालमाथि तन्ना ओछ्याइएको छ ।

ओढ्ने पनि गतिलो छैन । झूलबाट शीत सिधै भित्र पस्छ । अझ पानी परेका बेला त झूलको कुनै महत्व नै हुँदैन ।

पीडितहरू यसरी बाँचिरहे पनि उनीहरूको नाममा राहत संकलन गर्ने जमात भने बढेको बढ्यै छ ।

अहिले त्यहाँ वास्तविक पीडितले भन्दा पनि गैरपीडितले राहत बुझ्न थालेको दृश्य देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...